२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

नेकपा एमाले धादिङद्वारा जिल्लाभर र्याली सहित कोण सभा

नेकपा एमाले धादिङले जिल्लाका सबै १३ वटै पालिकामा बृहत र्याली सहित कोण सभा  सम्पन्न गरेको छ। जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता, लोकतन्त्रको रक्षा र संसद पुनर्स्थापनाको माग गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।

धादिङ एमाले अध्यक्ष भूमि त्रिपाठीले जेन्जी आन्दोलनपछि देशमा हिंसा र अराजकता फैलिएको आरोप लगाउँदै राजनीतिक स्थायित्व र सुशासनका लागि एमालेले नेतृत्व गर्ने बताए।राजनीतिक स्थायित्व र सुशासनको सन्देश दिन र संसद्को पुनस्र्थापनाको दबाबका लागि जिल्लाभर कोणसभा गरिएको हो । उज्यालोको विकल्प अँध्यारो हुन सक्दैन । नेकपा एमाले समाज रूपान्तरणको उज्यालो घाम हो।’ उनले भने– ‘देशलाई खरानी बनाउनेहरूले जिन्जी आन्दोलन कब्जा गरे । त्यसपछि हत्या हिंसा आतंक फैलियो । प्रहरीका हतियार बर्दी खोसिए, कैदीबन्दीलाई बाहिर निकालियो । समाजमा डर हिंसा अराजकता फैलाइयो। हामी लोकतन्त्र र संविधानको पक्षमा छौँ। लोकतन्त्रमा यो छुट छैन। देश बचाउन एमालेले नेतृत्व गर्छ तपाईं साथ दिनुहोस् ।

नीलकण्ठ नगर कमिटीले ससाहदेखि मोटरसाइकल र्याली धादिङबेसी बजार परिक्रमा गरी एमाले चोकमा कोणसभा गरेको छ । धुनिबेसी नगर कमिटीले खानीखोला बजार परिक्रमा गरी कोण सभा गरेको हो । थाक्रे गाउँपालिका कमिटीले महादेवबेसीमा र्याली सहित कोण सभा, गल्छी गाउँपालिका कमिटीले गल्छीमा कार्यकर्ता भेला, गजुरी गाउँपालिका कमिटीले ¥याली सहित कोणसभा, बेनीघाट रोराङ गाउँपालिका कमिटीले मलेखुदेखि मौवा खोलासम्म मोटरसाइकल र्याली गरी कोण सभा गरेको छ ।

कार्यक्रमअन्तर्गत नीलकण्ठ, धुनिबेसी, थाक्रे, गल्छी, गजुरी, बेनीघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, गङ्गाजमुना, खनियाबास र रुवीभ्याली गाउँपालिकामा ¥याली र कोणसभा आयोजना गरिएको थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।