२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

माघ १० देखि २० गते सम्म धादिङ लोक–सांस्कृतिक महोत्सव २०८१ हुने

धादिङमा धादिङ लोक–सांस्कृतिक महोत्सव–२०८१ हुने भएको छ ।

 

सदरमुकाम धादिङबेसी स्थित खुलामञ्चमा यहि माघ १० देखि २० गते सम्म धादिङ लोक–सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो । महोत्सवको तयारीलाई यतिबेला तिब्र पारिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ, सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङको आयोजनामा सुरु हुनु लागेको महोत्सवको संरक्षकमा नीलकण्ठ नगरपालिका र प्रर्वद्धकमा धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कर्मस रहेको छ ।

लोकसंस्कृति प्रवर्धनको सार ः पहिचान, पर्यटन र समृद्धिको आधार भन्ने नारा सहित हुन लागेको महोत्सवमा जिल्ला स्तरिय अन्तरपालिका लोकदोहोरी प्रतियोगीता, विभिन्न जाजातिका लोक सांस्कृतिक प्रस्तुती, राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

यस्तै विभिन्न जातीय मौलिक खानाका परिकारहरू, घरेलु उद्योग तथा व्यवसायीक स्टलहरू, पर्यटन प्रवर्धन सम्बन्धी विभिन्न क्रियाकलापहरू मौलिक भेषभुषहरूको प्रदर्शनी तथा रमाइलो मेला र बाल उद्यानको मनोरञ्जन रहने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।