प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएको छ।

शनिबार धादिङबेशीमा भएको प्रेस चौतारी धादिङको २६ औँ साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रिताकुमारी सारु (चिनो), अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य निर्वाचित हुनुभएको छ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु (चिनो), सुदिप अधिकारी र बिरमान तामाङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्री हजुर सिल्वाल र नानु कार्कीलाई चयन गरेको छ।