२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

रैथाने खाना तथा कृषि पर्यटन महोत्सवमा देखिएन रैथाने खाना र कृषि उपज

त्रिशुली किनार र पृथ्वी राजमार्गको विचमा रहेको धादिङको गलौदीमा विहीबारदेखि रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सुरु भएको छ ।

महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिमा आत्मनिर्भर तथा पर्यटनलाई जोड दिनु पर्ने बताए । तर कृषि मन्त्री पाएको धादिङले धादिङमै आयोजना भएको कृृषि महोत्सवमा न कृषिजन्य उत्पादन पायो न उद्घाटन समारोहमा कृषि मन्त्री ।
गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाक्रेको उखु लगायतका उत्पादनले प्रसिद्ध रहेका छन् । तर महोत्सवको नाममा दर्शकलाई ठग्ने गरेको महोत्सवमा भेटिएकी संगिता डल्लाकोटी बताउँछिन् । ‘महोत्सवमा कृषिजन्य उत्पादनको एउटा स्टल राखिएको छ । त्यसमा पनि एउटा बन्दा, एउटा मकै र एउटा खुर्सानीको बोट मात्रै रहेको छ । होटलहरुमा विभिन्न परिकार रहेपनि रैथाने परिकारको स्वाद चखाउने एउटै परिकार छैन’ उनले गुनासो पोखिन् ।

जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत स्टलहरु खाली रहेका छन् ।

तर आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सिमित बनेको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।