धादिङबेशीमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। फोकस नेपालको आयोजना र नागरिक आवाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अन्जु श्रेष्ठले हालसम्मका गतिविधि, सिकाइ र उपलब्धिहरू प्रस्तुत गर्दै महिला सशक्तीकरण, सामाजिक सचेतना र समूहहरूको भूमिकाबारे प्रकाश पार्नुभयो।
रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले समूहमा आबद्ध महिलाहरू आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै यो परिवर्तन सकारात्मक भएको बताए।
जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले यस्ता कार्यक्रमले महिलाको आत्मबल बढाएको बताउँदै दिगो निरन्तरतामा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

सार्वजनिक सुनुवाइमा सहभागी महिलाहरूले समूहमा आबद्ध भएपछि आत्मविश्वास, निर्णय प्रक्रियामा सहभागिता, र घरेलु हिंसाविरुद्ध बोल्ने साहस विकास भएको अनुभव सुनाएका थिए। परियोजनाअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं. ४ र बेनिघाट रोराङका २, ८, ९, १० मा २५ वटा समूह गठन गरिएको छ।