२०८२ आश्विन २३ बिहीबार
२०८२ आश्विन २३ बिहीबार

धादिङ कारागारमा कैदीबन्दीको निःशुल्क आँखा परीक्षण, ५८ जनाले पाए चश्मा र औषधि

धादिङ कारागारमा कैदीबन्दीको निःशुल्क आँखा परीक्षण, ५८ जनाले पाए चश्मा र औषधि

धादिङबेसीस्थित धादिङ कारागारमा रहेका कैदीबन्दीहरूका लागि आज निःशुल्क आँखा परीक्षण गरिएको छ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेत्रज्योति संघ धादिङले आयोजना गरेको उक्त शिविरमार्फत १ सय ८० जनाको आँखा परीक्षण गरिएको हो।

परीक्षणमा सहभागी भएकामध्ये दृष्टि समस्या देखिएका ५८ जनालाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको छ। त्यस्तै, ४ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने सिफारिस गरेका छन्।

हाल धादिङ कारागारमा २ सय ४३ जना कैदीबन्दी रहेका छन्। उनीहरूलाई स्वास्थ्य सेवा पहुँच पुर्‍याउने उद्देश्यले यस्तो स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले बताएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।