२०८२ असार १७ मंगलवार
२०८२ असार १७ मंगलवार

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समितिको अध्यक्षमा राजेश प्रजापती चयन हुनुभएको छ।

आईतबार धादिङबेशीमा भएको अधिवेशनले प्रजापतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला अधिवेशन समन्वय समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा राम कुमार बानिया, सचिवमा शम्भु सिलवाल, कोषाध्यक्षमा रुद्र बहादुर गिरी, सह–सचिवमा रमेश ढुंगाना चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा बिनोद बिश्वकर्मा, कृष्ण प्रसाद रिजाल, रमेश श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, कृष्ण गुरुङ र उत्तम कुमार श्रेष्ठ चयन हुनुभएको छ ।कार्यसमितिलाई सोमबार धादिङबेशीमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समिति,प्रथम धादिङ जिल्ला घोषणा सभाको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको थियो।घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यातायात व्यवसायीको हकहितमा पार्टीले केन्द्र, प्रदेश र जिल्ला तहमा आवाज उठाउने बताउनुभयो ।

संघ काँग्रेसको शुभेच्छुक संस्था भएकाले यातायात व्यवसायी मर्यादित र अनुशासित हुँदा पार्टीलाई नै फाइदा पुग्ने भन्दै उहाँले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल सरकारका कृषी तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी,पूर्व कानून राज्य मन्त्री दिलमान प्राखिन, नीलकण्ठ नगरपालिका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगाना लगाएतका नेताहरुले यातायात व्यवसायीको समस्या नजिकबाट बुझेको भन्दै व्यवसायीका हकहितको पक्षमा आवज बुलन्द पार्ने धारणा व्यक्त गर्नुभएको थियो।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय सल्लाहाकार एवं धादिङ जिल्ला अधिबेशन समन्वय समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा भएको सभामा नेपाली काँग्रेसका बिभिन्न तहका नेता,कार्यकर्तासँगै यातायात व्यवसायी सहभागी थिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।