२०८२ श्रावण १४ बुधबार
२०८२ श्रावण १४ बुधबार

धादिङमा ‘बागमती प्रदेश साहित्यिक महोत्सव  हुने

धादिङबेसीमा ‘बागमती प्रदेश साहित्यिक महोत्सव  हुने भएको छ ।शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो ।

महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवमा ८० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ । बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने,पठन संस्कृतिकाे विकास गराउने, युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।

स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्न, साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको भनाइ छ ।

महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि मुल संयोजन समिति गठन गरेको छ ।

समितिको प्रमुख संयोजक विष्णु प्रसाद आचार्य रहनुभएको छ भने समितिका सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा. नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई समावेश गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।