२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

नेशनल प्याब्सन  धादिङकोअध्यक्षमा न्यू किबाे बाेर्डिङका प्रिन्सिपल  प्रयास रेग्मी चयन भएका छन्।शनिवार धादिङ बेसिमा सम्पन्न  आठौ अधिवेशनले प्रयास रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाकाे प्रमुख आथित्यतामा भएकाे उक्त अधिबेशनबाट उपाध्यक्षमा अभिषेक बसौला, सचिवमा विजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत, सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी र विशाल श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षकहरुको पेशागत क्षमता अभिब्रीद्धी  तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा संस्था लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुल प्रतिस्पर्धी नेकपा एमालेसङ्गको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताएका छन् । 

शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै रहेको बताएका हुन् । `एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यहि गठबन्धन गरेर लैजान सहकार्य हुन्छ । सुशासन, भ्रष्टचार न्युनिकरण र  सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ´ उनले भने- `२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवश्यभावी छ । वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ ।

अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मज्बुद बनाएर लैजानु पर्छ । यसमा सबै लागौं ।´   त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए । `नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ ।

नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको छ´ उनले भने–‘नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं । प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयहरुसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुनेगरी मन्त्रालयले काम गरिरहेको छ । ’ 

निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवामा आफु लागिरहेको उनले बताए ।

भिडियो लिन्क

 

धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ बाँसखर्क, सुन्दरनागी र सिमटार क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी विपद व्यवस्थापन वेश आदमघाटबाट खटिएको संयुक्त टोलीले सो ठाउँको करिब एक सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती शुक्रबार फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

लागु औषध अफिम फडानी कार्य योजना अनुरुप शुक्रबार फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ।

धादिङबेसीमा ‘बागमती प्रदेश साहित्यिक महोत्सव  हुने भएको छ ।शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो ।

महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवमा ८० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ । बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने,पठन संस्कृतिकाे विकास गराउने, युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।

स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्न, साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको भनाइ छ ।

महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि मुल संयोजन समिति गठन गरेको छ ।

समितिको प्रमुख संयोजक विष्णु प्रसाद आचार्य रहनुभएको छ भने समितिका सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा. नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई समावेश गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।