२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

धादिङ ज्वालामुखीका मिर्गौला पीडित याम बहादुरले गरे सहयोगको याचना

मिर्गौलाको रोगबाट पीडित धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का याम बहादुर आचार्यले आर्थिक सहयोग गरेर आफूलाई बचाउन आग्रह गर्नुभएको छ।

आर्थिक स्थिति कमजोर रहेका ५२ वर्षीय आचार्यको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बन्नुभएको छ।

आचार्यको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले बताएको छ।

परिवार स्रोतका अनुसार उहाँको छोरा रञ्जन आचार्य पनि विगत ९ वर्षदेखि मिर्गौला फेल भई हाल पाटन अस्पतालमा उपचार गराइराख्नुभएको छ।

उपचारको क्रममा आर्थिक अभाव भएको हुनाले आफुले सक्ने जति सहयोग गरिदिन पीडित आचार्यले अपिल गर्नुभएको छ ।

सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००५०१३००१४६६३६०००००१ म सहयोग गर्न सकिने परिवार स्रोतले बताएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।