
धादिङ । सदरमुकाम धादिङवेशीमा सम्पन्न प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ।
धादिङवेशीस्थित धादिङ फुटसल एकेडेमीमा शनिबार भएको फाईनल खेलमा रुवीभ्याली गाउँपालिकालाई ६-३ गोल अन्तरले पराजित गर्दै नीलकण्ठ नगरपालिकाको नीलकण्ठ जायन्ट्सले उपाधी जितेको हो।
प्रतियोगितामा धादिङ अस्पतालले तेस्रो स्थान हासिल गरेको छ। धादिङ अस्पतालले गोरखा नगरपालिकालाई ४-२ गोल अन्तरले पराजित गर्दै तेस्रो भएको हो ।
प्रतियोगितामा विजयी भएको नीलकण्ठ जायन्ट्सले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र,द्धितिय भएको रुवीभ्यालीले ५१ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै तृतिय भएको धादिङ अस्पतालले २५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सान्त्वना भएको गोरखा नगरपालिकाले नगद २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी धादिङ अस्पतालका डा.जिवन घिमिरे, उत्कृष्ट गोलकर्ता नीलकण्ठ जायन्ट्सका रवी भण्डारी (३३ गोल), उत्कृष्ट गोलरक्षक नीलकण्ठ जायन्ट्सका बल बहादुर तामाङ र उत्कृष्ट डिफेन्डर नीलकण्ठ जायन्ट्सकै सरोज पाण्डे घोषित भएका छन् ।
उनीहरुले समान नगद ६–६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबारदेखी अन्तरपालिका स्तरीय फुटसल प्रतियोगितामा १८ टिम सहभागी थिए ।
प्रतियोगिताको समापन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै नगरपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले यस वर्षबाट सुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मिर्गौलाको रोगबाट पीडित धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का याम बहादुर आचार्यले आर्थिक सहयोग गरेर आफूलाई बचाउन आग्रह गर्नुभएको छ।
आर्थिक स्थिति कमजोर रहेका ५२ वर्षीय आचार्यको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बन्नुभएको छ।
आचार्यको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले बताएको छ।
परिवार स्रोतका अनुसार उहाँको छोरा रञ्जन आचार्य पनि विगत ९ वर्षदेखि मिर्गौला फेल भई हाल पाटन अस्पतालमा उपचार गराइराख्नुभएको छ।
उपचारको क्रममा आर्थिक अभाव भएको हुनाले आफुले सक्ने जति सहयोग गरिदिन पीडित आचार्यले अपिल गर्नुभएको छ ।
सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००५०१३००१४६६३६०००००१ म सहयोग गर्न सकिने परिवार स्रोतले बताएको छ।