सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सह–आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल मर्मका साथ शुक्रबारदेखी शुरु भएको महोत्सव शनिबार साँझ सम्पन्न सकिएको हो । महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो।
नीलकण्ठ बालमन्दिर माविको प्राङ्गण र सिटि हलमा भएको महोत्सवमा कूल ९ वटा समूह छललफल गरिएको थियो ।जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा ः कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नुभएको थियो । यस्तै शुक्रबार साँझ काव्य सन्ध्या र शनिबार विहान गजल प्रशिक्षण र शनिबार साँझ गजल वाचन भएको थियो । महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र गजलहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा बागमती प्रदेशको बिभिन्न जिल्लाका साहित्यकारहरु सहभागी थिए ।साहित्यिक महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पु¥याएको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनुभयो। महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले जानकारी दिनुभयो ।
महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको थियो भने नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुुंगानाले समापन गर्नुभएको थियो।