
सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सह–आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल मर्मका साथ शुक्रबारदेखी शुरु भएको महोत्सव शनिबार साँझ सम्पन्न सकिएको हो । महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो।
नीलकण्ठ बालमन्दिर माविको प्राङ्गण र सिटि हलमा भएको महोत्सवमा कूल ९ वटा समूह छललफल गरिएको थियो ।जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा ः कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नुभएको थियो । यस्तै शुक्रबार साँझ काव्य सन्ध्या र शनिबार विहान गजल प्रशिक्षण र शनिबार साँझ गजल वाचन भएको थियो । महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र गजलहरु प्रस्तुत गरिएको थियो ।
महोत्सवमा बागमती प्रदेशको बिभिन्न जिल्लाका साहित्यकारहरु सहभागी थिए ।साहित्यिक महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पु¥याएको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनुभयो। महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले जानकारी दिनुभयो ।
महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको थियो भने नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुुंगानाले समापन गर्नुभएको थियो।
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङ्को अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
शनिवार धादिङ बेसीमा सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
साधारणभाले ७ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा ईश्वर बराईली , सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा
र सदस्यमा प्रतिमा विश्वकर्मा,बिशाल विश्वकर्मा,राजकुमार विश्वकर्मा निर्वाचित भएका हुन् ।