धादिङ बेसी स्थित एडभान्स एकेडेमीमा यू.के.जी. (Upper Kindergarten) मा अध्ययन गर्ने ६८ जना विद्यार्थीहरूको ग्रेजुएशन डे भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूको शैक्षिक प्रगति तथा उपलब्धिलाई सम्मान गर्दै २१ जना शिक्षकहरू र ५ जना अभिभावकहरूलाई पनि सम्मानित गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उपस्थित अभिभावकहरूले आफ्ना नानीबाबुहरूको प्रस्तुति हेर्दै उत्साह व्यक्त गरेका थिए ।

विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठ ले शिक्षकहरूलाई उत्कृष्ट शैक्षिक योगदानका लागि तथा अभिभावकहरूलाई विद्यालयसँगको सहकार्य र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा पुर्याएको योगदानका लागि सम्मान प्रदान गरेको बताए ।
सम्मानित शिक्षक तथा अभिभावकहरूले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको उत्साहजनक उपस्थितिमा भव्य र सफलतापूर्वक सम्पन्न भएको थियो।