२०८२ श्रावण १५ बिहीबार
२०८२ श्रावण १५ बिहीबार

धादिङ बेसी स्थित एडभान्स एकेडेमीमा यू.के.जी. (Upper Kindergarten) मा अध्ययन गर्ने ६८ जना विद्यार्थीहरूको  ग्रेजुएशन डे भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूको शैक्षिक प्रगति तथा उपलब्धिलाई सम्मान गर्दै २१ जना शिक्षकहरू र ५ जना अभिभावकहरूलाई पनि सम्मानित गरेको छ ।

 विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उपस्थित अभिभावकहरूले आफ्ना नानीबाबुहरूको प्रस्तुति हेर्दै उत्साह व्यक्त गरेका थिए  ।

विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठ ले शिक्षकहरूलाई उत्कृष्ट शैक्षिक योगदानका लागि तथा अभिभावकहरूलाई विद्यालयसँगको सहकार्य र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा पुर्याएको योगदानका लागि सम्मान प्रदान गरेको बताए ।

सम्मानित शिक्षक तथा अभिभावकहरूले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।  कार्यक्रम अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको उत्साहजनक उपस्थितिमा भव्य र सफलतापूर्वक सम्पन्न भएको थियो।

धादिङका पत्रकारहरुले  सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकसहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड, आगजनी तथा मिडियाकर्मी कुटपिटमा संलग्न तथा दोषीलाई कारबाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

नेपाल पत्रकार महासंघ धादिङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कारवाही नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढ्न नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह पत्रकारहरुले आग्रह गरेका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई दिइएको सो ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुईतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरि क्षति पुर्याएको,कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरि क्षति पुर्याएको, हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरि क्षति पुर्याएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरि खुट्टा भाचेको र फोटो पत्रकार निराज तामांगको क्यामेरा हराएकोमा ति घटनाहरुको निष्पक्ष छानविन र दोषीलाई कडा कार्यवाहीको मांग रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरि हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कार्यवाही गर्न तथा उनको परिवारलाई क्षतिपुर्ति दिन, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सवैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग राखेका छन् । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत मांग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे तत्काल पत्र संघिय सरकारलाई पठाउने र न्याय निरुपणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

चैत्र १५ गते भएको घटना र पत्रकारहरुसंग भएको घटनाप्रति नेपाल सरकार गम्भिर रहेको उनले बताए ।

 
 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।