२०८२ श्रावण १४ बुधबार
२०८२ श्रावण १४ बुधबार

जिल्ला स्तरीय महिला कबड्डीमा धादिङ कबड्डी संघ प्रथम

धादिङ । धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगितामा धादिङ कबड्डी संघ प्रथम भएको छ ।

आईतवार भएको फाईनल खेलमा थाक्रे कबड्डी क्लबलाई पराजित गर्दै धादिङ कबड्डी संघ प्रथम भएको हो ।आयोजक संघले थाक्रेलाई ४४–२३ अंकले पराजित गरेको हो ।

यो संगै प्रथम भएको धादिङ कबड्डी संघले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको थाक्रेले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी तृतिय स्थान हासिल गरेको बेनीघाट रोराङ गाउँपालिका र धादिङ टाइटन्सले ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर धादिङ कबड्डी संघकी रेजिना तामाङ, उत्कृष्ट रेडर धादिङ टाइटन्सकी धना राहाडी मगर र उत्कृष्ट अलराउण्डर धादिङ कबड्डी संघकी अन्जना घले घोषित भए ।उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले धादिङमा कबड्डी खेलले छलाङ मारेको बताउनुभयो ।

धादिङले जन्माएको कबड्डी खेलाडीले देश तथा विदेशमा समेत आफ्नो प्रदशन गर्न सफल भएको भन्दै उहाँले यस खेललाई निरन्रता दिन आग्रह गर्नुभयो ।

यसैगरी अखिल नेपाल कबड्डी संघका केन्द्रिय महासचिव अर्बेन्द्र कुमार झाले जिल्ला जिल्लामा कबड्डी खेलको विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

हिजोको कबड्डी र आजको कबड्डीमा फरक रहेको रहेको भन्दै उहाँले नेपालमा अहिले लिग सन्चालन गरेर आम्दानी गर्न सफल भईरहेको बताउनुभयो ।

केही समय अगाडी पुरुषको लिग सञ्चालन गरेको भन्दै उहाँले केही समय पछी महिला लिग पनि संचालन गर्ने तयारी रहेको बताउनुभएको छ ।साथै धादिङमा कबड्डी खेलको विकासको लागि अखिल नेपाल कबड्डी संघका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश कुमार यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

धादिङ कबड्डी संघ र धादिङ कबड्डी क्लबको संयुक्त आयोजना, इको वेयरको प्रायोजन तथा जिल्ला खेलकुद विकास समिति धादिङको सहकार्यमा सदरमुकाम धादिङबेसीस्थित कर्भड हलमा ३० गतेदेखी सुरु भएको प्रतियोगितामा पाँच टिम सहभागी थिए ।

प्रतियोगिताभर प्रत्येक गेमको उत्कृष्ट खेलाडीलाई प्रायोजक इको वेयरले १ हजारले सम्मान गरेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।