
त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्।
धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । मोबाईल किन्दा स्कुटर जित्दा खुसी लागेको स्कुटर विजेता सजिना बताउँछिन् । `एसइई दिएर बसेको थिएँ । अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ´ उनले भनिन्- `एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ । तपाईं पनि त्रिमुर्ती मोबाईल हाउस आएर मोबाईल किन्नुस्, अर्को पटक स्कुटर जित्ने पालो तपाईको हो ।´
त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार दिदै आएको प्रोपाइटर इश्वर श्रेष्ठले बताए ।`उपहारमा सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको थिएँ । तर यो वर्ष स्कुटर थपेँ´ उनले भने- `ग्राहकहरुले विश्वास गरेर त्रिमुर्ती मोबाईल हाउसमा आउनुहुन्छ । थोरै बचेको फाइदाबाट विभिन्न उपहार दिदै आएको थिएँ । व्यवसाय सन्तुष्टि र फाइदा दुवै हो । विशेषत ग्राहकलाई सन्टुष्टि दिन र नयाँ वर्षमा नयाँ काम गर्ने सोचले स्कुटर लगायत विभिन्न सामाग्री उपहार दिएको हो ।´
त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताए ।
त्यस्तै, नीलकण्ठ नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास निरिक्षक निर्मला केसी र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले नयाँ वर्षको शुभकामना दिदै त्रिमुर्ती मोबाईल हाउसले गरेको उपहार कार्यक्रमले व्यावसायिक क्षेत्रमा निकै ठूलो सहयोग हुने बताएका छ्न् ।
धादिङ । धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगितामा धादिङ कबड्डी संघ प्रथम भएको छ ।
आईतवार भएको फाईनल खेलमा थाक्रे कबड्डी क्लबलाई पराजित गर्दै धादिङ कबड्डी संघ प्रथम भएको हो ।आयोजक संघले थाक्रेलाई ४४–२३ अंकले पराजित गरेको हो ।
यो संगै प्रथम भएको धादिङ कबड्डी संघले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको थाक्रेले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
यसैगरी तृतिय स्थान हासिल गरेको बेनीघाट रोराङ गाउँपालिका र धादिङ टाइटन्सले ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डर धादिङ कबड्डी संघकी रेजिना तामाङ, उत्कृष्ट रेडर धादिङ टाइटन्सकी धना राहाडी मगर र उत्कृष्ट अलराउण्डर धादिङ कबड्डी संघकी अन्जना घले घोषित भए ।उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले धादिङमा कबड्डी खेलले छलाङ मारेको बताउनुभयो ।
धादिङले जन्माएको कबड्डी खेलाडीले देश तथा विदेशमा समेत आफ्नो प्रदशन गर्न सफल भएको भन्दै उहाँले यस खेललाई निरन्रता दिन आग्रह गर्नुभयो ।
यसैगरी अखिल नेपाल कबड्डी संघका केन्द्रिय महासचिव अर्बेन्द्र कुमार झाले जिल्ला जिल्लामा कबड्डी खेलको विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
हिजोको कबड्डी र आजको कबड्डीमा फरक रहेको रहेको भन्दै उहाँले नेपालमा अहिले लिग सन्चालन गरेर आम्दानी गर्न सफल भईरहेको बताउनुभयो ।
केही समय अगाडी पुरुषको लिग सञ्चालन गरेको भन्दै उहाँले केही समय पछी महिला लिग पनि संचालन गर्ने तयारी रहेको बताउनुभएको छ ।साथै धादिङमा कबड्डी खेलको विकासको लागि अखिल नेपाल कबड्डी संघका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश कुमार यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।
धादिङ कबड्डी संघ र धादिङ कबड्डी क्लबको संयुक्त आयोजना, इको वेयरको प्रायोजन तथा जिल्ला खेलकुद विकास समिति धादिङको सहकार्यमा सदरमुकाम धादिङबेसीस्थित कर्भड हलमा ३० गतेदेखी सुरु भएको प्रतियोगितामा पाँच टिम सहभागी थिए ।
प्रतियोगिताभर प्रत्येक गेमको उत्कृष्ट खेलाडीलाई प्रायोजक इको वेयरले १ हजारले सम्मान गरेको थियो ।