२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार

नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्काई फोटोफिल्मस् एण्ड मिडिया हाउसले निर्माण गरेको सडक नाटक ‘No Means No’ बिचबजारमा प्रदर्शन गरिएको छ।

लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा प्रस्तुत गरिएको नाटक लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र युवाहरूबीच बढ्दो सामाजिक समस्याबारे सचेतना फैलाउन तयार गरिएको थियो ।

बिनोद तमु बल्लुको लेखन तथा मनिष श्रेष्ठ र बल्लुको सयुक्त निर्देशनमा तयार भएको नाटकमा  रवि भट्टराई, मनिष श्रेष्ठ,बिनोद तमु,अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र सन्दीप रिजाल लगायतको अभिनय रहेको थियो ।

नाटकले विशेष रूपले युवतीहरूमाथि हुने मनोवैज्ञानिक दवाब, प्रेम अस्वीकार गर्दा देखिने आक्रामक व्यवहार, सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, र AI प्रविधिको दुरुपयोगले निम्त्याउने गम्भीर परिणामलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो ।

“अस्वीकार मतलब अस्वीकार नै हो, भन्ने मुख्य सन्देश बोकेको नाटकले युवाहरूलाई सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीप्रति चेतना जगाउने काम गरेको नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक बिश्वकर्माले बताउनुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।