२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार

उपप्रमुखको असहमति सम्बन्धी समाचारप्रति नीलकण्ठ नगरपालिकाको स्पष्टिकरण

नीलकण्ठ नगरपालिकाले उपप्रमुखबाट असहमति जनाइएको विषयमा सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकाबाट भइरहेका गतिविधि नीति, ऐन तथा नियमअनुसार सञ्चालन भइरहेको उल्लेख गरिएको छ। केही सञ्चारमाध्यममा आएका समाचारले नगरपालिकाको कार्यप्रक्रियाबारे भ्रम सिर्जना हुन सक्ने भन्दै यस्ता विषयमा तथ्यका आधारमा सूचना प्रवाह गर्न आग्रह गरिएको छ।

विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट विधिसम्मत रूपमा पारित भइसकेको छ। नगरपालिकाका बैठकहरू एजेन्डासहित नियमित रूपमा सञ्चालन हुँदै आएको र निर्णय प्रक्रिया कानुनी ढाँचाभित्र रहेर अघि बढिरहेको स्पष्ट पारिएको छ।

नगरपालिकाले कुनै विषयमा असहमति भए कानुनी प्रक्रिया अनुसार आफ्नो धारणा राख्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै, सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।

अन्त्यमा, नीलकण्ठ नगरपालिकाले नगरवासी तथा सञ्चारमाध्यमलाई आधिकारिक सूचनाका आधारमा मात्र समाचार सम्प्रेषण गर्न र नगरपालिकाको कार्यप्रति सकारात्मक सहयोग गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।