धादिङको धुनिवेशी नगरपालिका–६, चालिसे क्षेत्रमा आज दिउँसो करिब ४ बजेको समयमा भीषण सवारी दुर्घटना भएको छ

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, दुर्घटनामा स्कुल बस, तीनवटा यात्रुवाहक बस, एक डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन आपसमा ठोक्किएका छन्।
प्रारम्भिक बुझाइअनुसार डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना हुनसकेको आशंका गरिएको छ। घटनास्थलमा अहिले उद्धार कार्य तीव्र रूपमा जारी छ। घाइतेमध्ये केहीलाई अस्पताल पुर्याइएको छ भने अन्यलाई ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट मानवीय क्षति हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
















