२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार

सहाह देउराली शिव मन्दिरमा आज विशेष जात्रा: स्थानीय सक्रियतामा धार्मिक परम्पराको नयाँ सुरुवात

नीलकण्ठ नगरपालिका–८ सहाह देउरालीस्थित शिव मन्दिरमा आज विशेष जात्रा लाग्ने भएको छ ।

हिन्दु धर्मावलम्बीबीच गहिरो आस्था राखी मनाइने धार्मिक परम्पराको जगेर्नाका लागि यस वर्षदेखि मंसिर कृष्ण त्रयोदशीका दिन विशेष रूपमा साँझ पूजा–आजाको परम्परा सुरु गरिएको हो ।

सामान्य विधिबाट पूजा हुँदै आएको यस शिव मन्दिरमा यस वर्षदेखि व्यवस्थित र विशेष पूजा विधि थालिएको शिवालय धार्मिक विकास संस्थाका अध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज मंसिर २ गते साँझ सामूहिक रुपमा फूलको डोली भित्र्याइने, रातभर पूजा–पाठ गरिने तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

स्थानीय बासिन्दाले हरेक वर्ष जात्रालाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले यस पहलले नेपालभर प्रचलित धार्मिक विश्वास, परम्परा र सामुदायिक संस्कृति जगेर्नामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।  

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।