२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

तमू ह्यूल छोंज धीं ज्वालामुखीको अध्यक्षमा शुभराज गुरुङ ,तमूस्योको अध्यक्षमा सिता गुरुङ

तमू ह्यूल छोंज धीं ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा शुभराज गुरुङ, तमूस्योको अध्यक्षमा सिता गुरुङ चयन

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका ईकाई समितिको अध्यक्षमा शुभराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरिय प्रथम तमू भेलाले शुभराज गुरुङको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा खेम गुरुङ, कोषाध्यक्षमा हरि बहादुर गुरुङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ, अनिल गुरुङ, राजेश गुरुङ, धनबहादुर गुरुङ र टिका बहादुर गुरुङ रहनुभएको छ। यस्तै शुक्रबार्रै सम्पन्न प्रथम भेलाले सिता गुरुङको अध्यक्षतामा ९ सदस्सीय तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालमुखी गाउँपालिका ईकाई समितिको गठन भएको छ । समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा देउमाया गुरुङ, कोषाध्यक्षमा कविता गुरुङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रमिता गुरुङ, अमृता गुरुङ, लालमाया गुरुङ, सुकुमाया गुरुङ र सरु माया गुरुङ रहनुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।