२०८२ श्रावण १४ बुधबार
२०८२ श्रावण १४ बुधबार

नीलकण्ठ बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख डा.अधिकारीद्वारा पदभार ग्रहण

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको नवनियुक्त क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।

गत बुधबार क्याम्पस प्रमुखमा नियुक्त हुनुभएका डा.अधिकारीले बिहिबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको हो ।

क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुई कार्यकाल सकिएलगत्तै क्याम्पस सञ्चालक समितिको ११३ औँ बैठकबाट आगामी चारवर्षे कार्यकालका लागि डा.अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको हो ।

 

पदभार ग्रहणपछि डा.अधिकारीले नीलकण्ठ क्याम्पसको शैक्षिक गुणस्तर तथा क्याम्पसको गरिमालाई थप उचाइमा पु¥याउने गरी काम गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘पदले म क्याम्पस प्रमुख हुँ । तर यो नीलकण्ठ बहुमुखी क्याम्पस सबैको साझा संस्था हो । सबैले क्याम्पस प्रमुख सरह महसुस गर्ने गरि काम गर्नेछु’ उनले भने– ‘मेरो शिर भन्दा माथि मेरा गुरुहरु पूर्व क्याम्पस प्रमुखहरु राखेर काम गर्नेछु । सबैको साथले क्याम्पसको गरिमा र उचाई थप हुनेछ । क्याम्पसमा अन्र्तराष्ट्रिय सम्मेलन गर्ने, द्यब् प्रोग्राम सुरु गर्ने, प्रविधिको उच्चतम प्रयोग गरि शैक्षिक सुधार गर्ने लगायतका काम गर्नेछु ।’

 

पदभार ग्रहण कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, क्याम्पसका पूर्व अध्यक्षहरु शम्भुकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नवराज शर्मा लगायतले शुभकामना दिदै क्याम्पसलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

डेढ दशक लामो समयदेखि अध्यापन पेसामा निरन्तर सक्रिय रहनुभएका डा. अधिकारी दुई दशकदेखि पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।

प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका उहाँ हाल गोरखापत्र दैनिकमा आबद्ध हुनुहुन्छ ।

०५७ मा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन प्राप्त गर्ने जिल्लाको पहिलो र एक मात्र क्याम्पस हो ।

हाल स्नातक तथा स्नातकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।