२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

धार्केमा हात्ती गाडीको ठक्करबाट एक जना घाइते

धादिङको धार्केमा हात्ती गाडीको ठक्करबाट पैदल यात्री गम्भीर घाइते

धुनिवेशी नगरपालिका–५ फुलौरे स्थित धार्के–सितापाइला सडकखण्डमा सवारी दुर्घटना हुँदा एक पैदल यात्री गम्भीर घाइते भएका छन्।

मंगलबार दिउँसो करिब १:३० बजे काठमाण्डौबाट धार्केतर्फ गइरहेको बा.प्र.०१-०२५ च ९४८९ नम्बरको हात्ती गाडीले धार्के नजिक पैदल हिँडिरहेका धुनिवेशी–५ राईगाउँ निवासी करिब ३२–३३ वर्षीय बिक्की तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार तामाङको टाउको र दाहिने कोखामा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको छ। हात्ती गाडी र त्यसका चालकलाई प्रहरी चौकी जिवनपुरले नियन्त्रणमा लिएको छ।तत्काल घाइतेलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाइएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।