२०८२ श्रावण १४ बुधबार
२०८२ श्रावण १४ बुधबार

चिल्ड्रेनपार्कद्धारा एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ३० हजारनगद सहित सम्मान

चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय, धादिङमा एसईई २०८१ ब्याचका विद्यार्थीहरूलाई लक्षित गर्दै  बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको विशेष आकर्षणको रुपमा ४.० जीपीए ल्याउन सफल प्रिसिला तामाङलाई विद्यालयबाट नगद २०,००० रुपैयाँ र प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठको व्यक्तिगत तर्फबाट १०,००० रुपैयाँ गरी जम्मा ३०,००० रुपैयाँ नगद पुरस्कारद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई माला र उपहारसहित सम्मान गरिएको थियो।  प्रकाशित नतिजामा २० जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए, २० जनाले ३.२० देखि ३.६० जीपीए र ५ जनाले २.८० देखि ३.२० जीपीए ल्याउन सफल भएको जनाएको छ।

उक्त अवसरमा विद्यालयले उत्कृष्ट विषय शिक्षकहरूलाई सम्मानपत्र प्रदान गर्दै कदर व्यक्त गरेको थियो। साथै, विद्यालयमा लामो समय सेवा पुर्याएका दुईजना शिक्षकलाई सम्मानसहित बिदाई पनि गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भमीलाल शर्मा सुवेदी प्रमुख अतिथि थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानिय समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।