२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

धादिङ । सदरमुकाम धादिङबेशीमा लोक सांस्कृतिक महोत्सव सुरु भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक आजदेखी लोक सांस्कृतिक महोत्सव–२०८१ सुरु भएको हो।

महोत्सवको नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्ता साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृति जोगाउन मद्त पुग्ने बताउनुभयो ।

महोत्सवले ऐतिहासिक, धार्मिक, पुरात्विक र सांस्कृतिक सम्पदाको प्रबद्र्धन सँगै जिल्लाबासीको आर्थिक स्तर उकास्ने उहाँको भनाई थियो ।नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित भएको भन्दै उहाँले यस्ता मेला महोत्सवहरु विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गर्ने माध्यम बन्ने बताउनुभयो।

मन्त्री सिंह हेलिकप्टर चढेर महोत्सव उद्घाटनमा आइपुग्नुभएको थियो ।

उद्घाटन समारोह अघि धादिङवेशी पुछारबजारबाट प्रतियोगितात्मक बहुसांस्कृतिक झाँकीसहितको ¥याली प्रदशनी गरिएको थियो।पहिलो दिन आज गायिका एवम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगर,सुमित्रा तामाङ, बिन्दा परियार, गायक प्रदिप बराईली लगाएतका कलाकारको प्रस्तुती रहेको थियो ।

जिल्लाको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो।

महोत्सवले कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा लिइएको उहाँको भनाई छ ।

महोत्सव अवलोकनको लागि अन्यलाई शुल्क एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई ७० रुपैँया तोकिएको कोइरालाले बताउनुभयो।

महोत्सवको प्रमुख आकर्षणका रुपमा जिल्लाको अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगिता रहेको र मौलिक र जातिय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो।

अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगितामा १३ वटै पालिका र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको गरी १६ टिम सहभागी भएको उहाँले बताउनुभयो ।

प्रतियोगिता १२ गतेदेखी सुरु हुने र दिनको ४ टिम बिच प्रतिस्पर्धा गराईने उहाँको भनाई छ ।

महोत्सवमा दैनिक मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।

लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधार भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा एक सय वटा स्टल राखिएकोे छ।

२० गते सम्म सञ्चालन हुने महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले आकलन गरेको छ।

महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

धादिङबेशीमा आजदेखी लोक सांस्कृतिक महोत्सव सुरु हुँदैछ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक आजदेखी लोक सांस्कृतिक महोत्सव–२०८१ सुरु हुँदैछ।

बुधबार आयोजकले महोत्सव परिसर खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माण लगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन्। महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले पत्रकार सम्मेलनमा बताउनुभयो।

उहाँका अनुसार धादिङवेशी बजारमा बिहान ११ बजेदेखि प्रतियोगितात्मक बहुसांस्कृतिक झाँकीसहितको ¥याली हुने र १२ बजेदेखि उद्घाटन समारोह हुनेछ । जिल्लाको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो। महोत्सवले कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा लिइएको उहाँको भनाई छ । महोत्सव अवलोकनको लागि अन्यलाई शुल्क एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई ७० रुपैँया तोकिएको कोइरालाले बताउनुभयो।

महोत्सवको प्रमुख आकर्षणका रुपमा जिल्लाको अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगिता रहेको र मौलिक र जातिय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो। अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगितामा १३ वटै पालिकाबाट १६ टिम सहभागी हुने पनि उहाँले बताउनुभयो । महोत्सवमा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।

लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधार भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा एक सय वटा स्टल राखिएकोे आयोजकको भनाई छ । २० गते सम्म सञ्चालन हुने महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले आकलन गरेको छ।

महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।