२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

बेनिघाट रोराङ गाउँपालिकामा भएको महायज्ञबाट ५ करोड भन्दा बढि रकम संकलन भएको छ ।

शिक्षाका लागि भिक्षा अभियान भन्ने मूल नाराका साथ गत माघ १७ गतेदेखी २३ गतेसम्म वडा नं ७ स्थित चरौँदीमा भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख रकम संकलन भएको गाउँपालिका लेखाशाखा प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

शनिबार पत्रकार सम्मेलन गरी महायज्ञबाट संकलित रकमको आयब्यय रकम सार्वजनिक गरिएको हो । लेखाशाखा प्रमुख अर्यालका अनुसार महायज्ञमा ७८ लाख खर्च भएको छ ।सप्ताहबाट संकलित रकमले निःशुल्क शिक्षामा लगानी गर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो ।

चेपाङजातिको शिक्षा उत्थानमा गरिएको यो अभियानमा हरेक बर्ष रकम संकलन अभियान चलाउँदै यो कोषलाई अगाडि बढाउने भन्दै उहाँले मितव्ययिता अपनाउने र पारदर्शिताका साथ अगाडी बढ्ने बताउनुभयो । सप्ताहबाट संकलित रकमले गरिव, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने ठूलो सहयोग पुग्ने पालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नर्वदा घिमिरेले सप्ताहमा संकलन भएको रकमले बेनीघाट रोराङ गाउँपालिकाबासीहरुको शिक्षामा फड्को मार्ने बताउनुभयो ।

बागमती प्रदेश स्तरिय खुल्ला लघुकथा प्रतियोगीतामा दोलखाका टिकाराम पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको छ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले आयोजना गरेको प्रतियोगीतामा पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको हो। यस्तै प्रतियोगीतामा ललितपुरका अजय रिसालको प्रेमकी देवी शिर्षकको लघु कथा द्धितिय, काठमाण्डौंका धन्वन्तरी मिश्रको विकृत प्रदुषण तृतिय र गंगा खड्काको गरिमा लघुकथा सान्तत्वना भएको छ ।

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तत्वना हुनेलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । शनिबार धादिङबेसीमा वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयक विद्धत गोष्ठीमा विजयी लेखकहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमुख डाक्टर निर्मलमणी अधिकारीले वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयमा अभिमुखीकरण गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले साहित्य क्षेत्रले सामाजिक रुपान्तरण तथा विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

त्यस्तै नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष बद्री प्रसाद दाहालले साहित्य क्षेत्रमा मानिसहरुलाई जागरुक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो।

धादिङको खनियाबास गाउँपालिका दार्खा निवासी बाबुराम फ्युवाद्वारा लिखित उखानहरुको संग्रह “तामाङ आन” विमोचन गरिएको छ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमका बिच लाप्साङकर्पो हिमाल क्षेत्र आसपास बसोबास गर्ने तामाङ समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” विमोचन गरिएको हो।

फ्युवाले धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु संकलन गरेर पुस्तक प्रकाशन गर्नु भएको हो।

रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ लगायतले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्दै यसले तामाङको भाषा संस्कृति संरक्षण गर्न योगदान गर्ने फ्युवाले बताउनुभयो ।

नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

५२ पृष्ठको “तामाङ आन” उखान संग्रह पुस्तकमा १ सय ४८ ओटा उखान टुक्का लगायत यसको वर्णनहरु समेत उल्लेख गरिएको छ।

उक्ति ठट्टा, रमाइलो, भोगाइ, जिवन यापन, संस्कृति र कामका बारेमा समूदायले भोग्दै भन्दै, सुन्दै आएका उखानहरु लोप हुनबाट बचाउनका लागि पहिलो पटक तामाङ, देवनागरिक, सम्भोटा र अंग्रेजी लिपि र तामाङ र अंग्रेजी भाषामा उखानहरुलाई संकलन गरेर पुस्तकाकार दिइएको लेखक फ्युवाले बताउनुभयो।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै टिप्पणीकारहरुले स्थानीय सरकारले भाषा संरक्षण गर्दै स्थानीय पाठ्यक्रममा राख्न, यसलाई मुख्य शब्दको रुपमा भाषा विकास गर्न सघाउन आग्रह गर्नुभएको थियो।

डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने पुस्तकका लेखक फ्युबाले बताउनुभयो ।

वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी साढे ३२ लाख रुपैयाँ ठगी गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डौको तारकेश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

उनलाई काठमाण्डौ महानगरपालिका–२६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।