२०८२ श्रावण १५ बिहीबार
२०८२ श्रावण १५ बिहीबार

धादिङको नीलकण्ठ नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाबीच मैत्रीपूर्ण कबड्डी प्रतियोगिता  हुने भएको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा जिल्ला कबड्डी संघ धादिङको व्यवस्थापनमा फागुन ७ गते प्रतियोगिता सञ्चालन गरिने छ। खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको कभर्डहलमा हुने प्रतियोगितामा दुबै पालिकाका खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा विजयी टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ भने उपबिजेता तिमलाई प्रमाणपत्र प्रदान गरिने छ ।

आयोजक समितिले खेलकुदको विकास तथा स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको टीमबीच भएको मैत्रीपूर्ण खेलमा शिव दल गणको टोली २–१ गोलले विजयी भएको छ । ‘महाशिवरात्री तथा नेपाली सेना दिवस २०८१’ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्याएपनि लेखको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो ।

शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक बन्न सफल रह्यो । मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, सचिव सन्तोषराज श्रेष्ठ, लगायत सहभागी थिए ।

सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताए । मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

धादिङ । गंगाजमुना गाउँपालिकाको माध्यमिक तह कक्षा ८-१२ का बिद्यार्थीहरुको लागि १ दिने बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण गरिएको छ।

गाउँपालिकाको आयोजनामा आईतवार गंगाजमुना वडा नं १ को रि माविमा एक सय ४० जना र वडा नं २ तावलको पासाङचोक महादेव माविमा भएको कार्यक्रम ८२ बिद्यार्थीहरुलाई सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको हो ।

अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान, बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार , बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनुभएको थियो।

अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं २ का अध्यक्ष बल बहादुर तामाङ ,शिक्षा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बोहरा, शिक्षक सन्तोष तिमल्सेना,सामि कार्यक्रमका अमित अधिकारी,पासाङ चोकमहादेव माविका प्रधानाध्यापक सिर बहादुर तामाङ ,रि माविका प्रधानाध्यापक रामचन्द्र सिटौला लगायतको सहभागी रहेको गंगाजमुना गाउँपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने,अभिभावकहरुलाइ भेटि सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि शाखा प्रमुख भट्टले जानकारी दिनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।