२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

धादिङमा पर्यटन क्षेत्रका विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङबेसीमा पर्यटन क्षेत्रका विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको छ ।

बिहिवार बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा धादिङबेसीमा जिल्लाको पर्यटन क्षेत्रका विषयहरुमा सरोकारवालाहरुबीच छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, होमस्टे व्यवसायी, यातायात व्यवसायीसहित पर्यटन क्षेत्रमा आवद्ध सहभागी व्यक्तिहरुले धादिङ पर्यटनको हिसाबले उत्कृष्ट गन्तव्य भएपनि तीन तहको सरकारबीच समन्वय नहुदा विकास हुन नसकेको बताएका थिए ।

अन्तरक्रियामा उठेका सवालहरुलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले प्रदेश भित्रको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिइरहेको जानकारी दिनुभयो।सुवेदीले नीतिगत सुधार पहिलो प्राथमिकता रहेको भन्दै कार्यविधि बनाएर कार्यान्वयनमा लगिने र कार्यविधि तयार भइसकेपछि पर्यटक भित्र्याउने खालका कार्यक्रमहरु ल्याइने बताउनुभयो ।

अन्तरक्रियामा गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं नेकपा एकिकृत समाजवादी पार्टीकी युवा नेता डा. सीता ढुंगानाले संस्कृति र प्रकृति प्रदर्शन गर्ने खालका पर्यटकीय गन्तव्यको संभाव्यता अध्ययन गरी पहिचान गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममाहोमस्टे र होटल व्यवसायीहरुले भने स्थानीय स्तरमा दक्ष जनशक्ति नहुँदा व्यवसाय व्यवस्थित बनाउन नसकेको गुनासो गरेका थिए । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।