धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ बाँसखर्क, सुन्दरनागी र सिमटार क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी विपद व्यवस्थापन वेश आदमघाटबाट खटिएको संयुक्त टोलीले सो ठाउँको करिब एक सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती शुक्रबार फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध अफिम फडानी कार्य योजना अनुरुप शुक्रबार फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ।

