२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

धादिङ । धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । गत पुष २६ र २७ गते सम्पन्न संघको ११औं अधिवेशनबाट निर्वाचित सदस्यहरुबाट कार्यसमिति पदाधिकारीमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

विधानमा व्यवस्था भए अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने र बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ । निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले उपाध्यक्ष (चार जना), महाचिव (एक जना), कोषाध्यक्ष (जना) र सचिव (तीन जना) मनोनित गरेको हो ।

संघको विधान २०४८ (सातौं संसोधिन समेत) को दफा २१.१ र २१.२ बमोजिम उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको छ । महासचिवमा तिलक सिंखडा, कोषाध्यक्ष तिलक प्रसाद ढुंगाना, सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी यसअघि नै निर्वाचित भइसकेका छन् ।

पदाधिकारी मनोनित गरेसँगै आइतबार बसेको संघको पूर्ण बैठकले धादिङ उद्योग वाणिज्य संघको वेवसाइट निर्माण गर्ने र सदस्यहरुको विवरण डिजिटलाईज गर्ने निर्णय गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघले सचिवलायबाट प्रदान गरिरहेको पान सेवा र आयकर सेवा बापतको शुल्क पाँच सय लिँदै आएकोमा घटाएर आजैबाट लागुहुने गरी ५० रुपैंयामा ल्याएको छ । व्यवसायीहरुलाई सहज बनाउन शुल्क घटाइएको अध्यक्ष डल्लाकोटीले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।