२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण

धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न भएको संघको ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहिबार पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले नवनिर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले धादिङको आर्थिक विकास, पर्यटन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको बताउनुभयो ।

उत्पादन, व्यवसाय, पर्यटन जस्ता क्षेत्र एकै ठाउँ भए धादिङले फड्को मार्ने भन्दै उहाँले धादिङ उद्योग वाणिज्य संघले स्वदेशी वस्तु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न के के गर्न सक्छ यस जिल्लामा भएको खनिजजन्य पदार्थहरुलाई उपयोग गर्न के कस्ता नीति योजनाहरु बनाउन सकिन्छ त्यसमा जिल्लाको संघले सम्भाव्यता अध्ययन गरी ठोस कार्ययोजना बनाए महासंघ सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।

जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने उहाँको भनाई थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै धादिङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि, जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भएपनि नितिनिर्माण गर्ने तहमा बसेका व्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले व्यवसायीहरु पलायन भइरहेको बताउनुभयो ।

विगत १० वर्ष पहिले ढुङगा गिटि र बालुवाको क्षेत्रमा जति ब्यवसाय हुन्थ्यो अहिले त्यो नभएको डल्लाकोटीले बताउनुभयो ।व्यवसायीलाइ हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा यस क्षेत्रको व्यवसाय अन्यत्रै सरेको र पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु रहेको बताउनुभयो ।

संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपाल उद्योग वाणिज्य संघले सहकार्य गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने भन्दै भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने वातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

पदभार ग्रहण कार्यक्रम संघका महासचिव तिलक सिंखडाले सञ्चालन गर्नुभएको थियो ।

धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो।

संघले विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष आगामी अधिवेशनमा स्वतः अध्यक्ष बन्ने ब्यवस्था गरे अनुसार डल्लाकोटी अध्यक्ष हुनुभएको थियो ।

निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम अध्यक्ष डल्लाकोटीले कार्यसमितिमा चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष र तीन जना सचिव मनोनित गर्नुभएको थियो ।

जस अनुसार उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग) रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ )वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको थियो ।

त्यसैगरी महासचिवमा तिलक सिंखडा, कोषाध्यक्षमा तिलक प्रसाद ढुंगाना र सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ ।

बिधानमा बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ ।

३३ सदस्यीय कार्यसमितिमा ५ जना सदस्य मनोनित गर्न वाँकी रहेको र आगामी वैठकहरुबाट वाँकी ५ जना पनि मनोनित गरिने अध्यक्ष डल्लाकोटीले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।