२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

धादिङको शहीद मेमोरियल अस्पताल बृहत्त विशेषज्ञ सेवा सहित सञ्चालनमा

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको शहीद मेमोरियल अस्पताल विशेषज्ञ सुविधा सहित सञ्चालनमा आएको छ।

विगत १८ वर्ष देखी धादिङबेशीमा संचालनमा आइरहेको शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.शनिबारदेखी नयाँ व्यवस्थापनका साथमा बृहत्त विशेषज्ञ सेवा सहित सञ्चालनमा आएको हो ।

अस्पतालको शनिबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले धादिङका जनतालाई सेवा सुविधा सर्वसुलभ हुने बताउनुभयो । उहाँले बिरामीलाइ सहज रुपम उपचार सेवा दिन आग्रह गर्नुभएको छ ।

विशेषज्ञ चिकित्सकसहितको सेवा प्रभावकारी हुने भन्दै नगर प्रमुख ढुंगानाले यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच बढ्दै जाने बताउनुभयो ।

 

गुणस्तरीय र सर्व सुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल मर्मका साथ नयाँ व्यवस्थापन गरी औपचारिक रुपमा सेवा सुरु गरिएको शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.का अध्यक्ष बिष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

औपचारिक सेवा शुभारम्भको अवसरमा शनिबार ५० प्रतिशत छुटमा बिशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच गरिएको श्रेष्ठले बताउनुभयो ।

शनिबार रेडियोलोजी सेवा, नाक,कान,घाँटी, हाडजोर्नी, मुटुरोग, न्यूरो सर्जन, बालरोग, मानसिक रोग, स्त्री रोग, छाला तथा यौन रोग र पेट तथा ग्यास्ट्रोको बिशेषज्ञ सेवा प्रदान गरिएको उहाँको भनाई छ ।अस्पतालले शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता र शहीद परिवारलाई विशेष छुटको व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

त्यस्तै अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिद गर्ने सर्वसाधारणलाई ५ प्रतिशत छुट दिने अस्पतालले जनाएको छ।

नीलकण्ठ नगरपालिका ३ स्थित बिचबजारमा रहेको शहीद मेमोरियल अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको Fibro Scan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिनद्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा Blood, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र 600MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने जनाएको छ ।

छुटाउनुभयो कि ?