धादिङको थाक्रे गाउँपालिका-१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

काठमाण्डौबाट धादिङ आउँदै गरेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा धादिङको गल्छी गाउँपालिका-०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका-०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका-०७ का २७ वर्षीय सपना खड्का रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो।

घाईतेहरुको अवस्था सामान्य रहेको छ।बसका चालक निलकण्ठ नगरपालिका-०७ पिपलछापका ३० वर्षीय तुल बहादुर थापालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
