२०८२ मंसिर २ मंगलवार
२०८२ मंसिर २ मंगलवार

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिकोत्सबको अबसरमा आमाको माया छात्राबासलाई सहयोग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङबेसी शाखाले आमाको माया छात्राबासलाई सहयोग उपलब्ध गराएको छ ।

कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासलाई छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत १० हजार सहयोग गरेको हो ।

इन्सुरेन्स कम्पनीको तर्फबाट धादिङबेसी शाखाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष हरी घिमिरेले चेक हस्तान्तरण गर्दै सहयोगको अवसर दिएकोमा आमाको माया छात्राबासलाई धन्यवाद दिनुुभयो ।

छात्राबासमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, छात्राबासका अध्यक्ष डा. नवीनबन्धु पहाडीले शुभकामना व्यक्त गर्नुुभएको थियो । छात्राबासमा हाल २५ जना असाहय बालबालिका बस्दै आएका छन्।

छात्राबासमा रहेका बालबालिकाको लागि बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा बिभिन्न उत्सवहरु पारेर सहयोग गर्दै आएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।