पोखराको लेकसाइड क्षेत्रमाआयोजनाहुने भनिएको ऐतिहासिकश्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजकमानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहितआपपासका स्थानियहरुको जमिनमा २०८१ चैत्र १७गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

बाराहीघाट क्षेत्रमागतफागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमीपुजन गर्ने क्रममापोखरा महानगरपालिकाकानगरप्रहरीले भूमीपुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिती सिर्जना भएको थियो । त्यसपश्चातपोखरा महानगरपालिकाका मेयर धनराजआचार्यकाको आह्वानमाफागुन २६ गते जिल्लाप्रशासनकार्यालय कास्कीकाप्रमुखजिल्लाअधिकारी,जिल्लाका सुरक्षानिकायकाप्रमुख , पोखरा महानगरपालिकाकीउपप्रमुख ,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु , पोखरा महानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत,विश्वहिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजकमानव सेवा फाउण्डेसन नेपालकाप्रतिनिधीलगायतको उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिती गठन गर्ने निर्णय गरेको थियो ।
उक्त समितीले वैकल्पिक स्थानको खोजि गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यबस्थापन समिती) को स्वामित्वमा रहेको बिरौटाको जमिनतथाआसपासका स्थानियको जमिन भाडामा लिएर सञ्चालनहुने भएको छ ।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थानखोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालनहुने गरी आयोजकलाई अनुमती दिएपछि आयोजकमानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागितयार भएको हो ।

पोखरा १७मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यबस्थापन समिति ,समस्या समाधानवार्ता समिति,पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा,पोखरा महानगरपालिका, जिल्लाप्रशासनकार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागिअनुमतीदिएपश्चातअहिले कोटिहोम महायज्ञको आयोजकमानव सेवा फाउण्डेसन नेपालकास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।
आइतवार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयश्रीकृष्ण मूर्ती जीमहाराजलाई महायज्ञ स्थलआसपासमा रहेका आमा समूहका प्रतिनीधी,टोल बिकास समितीकाप्रतिनिधीहरु,स्थानिय संघसस्थाकाप्रतिनिधीहरु उपस्थितभई खुशीव्यक्तगर्दै भव्य स्वागत समेत गरेका थिए ।
त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।