२०८२ मंसिर २ मंगलवार
२०८२ मंसिर २ मंगलवार

रा.प्र.पा .धादिङद्बारा तीनकुने घटनालाई लिएर पक्राउ परेकाहरुको रिहाईको माग गर्दै ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङले चैत १५ गते काठमाडौंको तीनकुने घटनालाई लिएर पक्राउ परेकाहरुको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणासहित पक्राउ परेका नेता कार्यकर्ताहरुलाई छिटो रिहा गर्न माग गर्दै राप्रपा धादिङले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको हो।

तीनकुनेमा भएको घटनामा अवान्छित र अपरिचित व्यक्तिहरुले अर्काको घरको छतबाट ढुंगा, अस्रुग्याँस र गोली चलाउँदा परिस्थिती भयावह हुन पुगेको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

तीनकुने घटनामा राजावादीहरुले अराजकता देखाएको र घटनाको सम्पूर्ण जिम्मेवारी राजावादीहरुले लिनुपर्ने चौतर्फी आलोचना भइरहँदा राप्रपा धादिङले भने उल्टै सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै दुः व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।