२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

थाक्रेमा कार र ट्रक ठोक्किदा ५ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् ।

काठमाडौबाट चितवनतर्फ जाँदै गरेको द्य ब्म् १३७७ नम्बरबो कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ ।

काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षिय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षिय मुनि राज उपाध्यायको सिम्ले स्थित राजु मेडिकलमा उपचार भइरहेको छ । ओभार स्पिडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताए ।

अनुसन्धानकै क्रममा रहेको छ । दुवै सवारी र चालकहरु प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।