२०८२ श्रावण १५ बिहीबार
२०८२ श्रावण १५ बिहीबार

श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत भोलि

श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्
पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी भोलि गरिने भएको छ ।

अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ । नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् ।

भोलि बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

भोलि बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।

त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।