धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीमा आफ्नै भतिजले खुकुरी प्रहार गर्दा काका गम्भीर घाईते भएका छन् ।

विहिबार दिउँसो १ बजे ६० वर्षिय भतिज बाबुकाजी लम्सालले खुकुरी प्रहार गर्दा ८८ वर्षिय काका जगन्नाथ लम्साल गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।
गम्भीर घाईते लम्सलाई थप उपचारको लागि नेपाल आर्मीको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाण्डौं पठाईएको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
खुकुरी प्रहार गर्ने बाबुकाजी लम्साल प्रहरीको नियन्त्रणमा रहेको छ भने थप अनुसन्धान भईरहेको छ ।
